images

लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं । बाराको निजगढ नगरपालिका(११ रतनपुरबाट १२ किलो २३० ग्राम लागू औषध ९गाँजा० सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका(१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका(९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरीले ग।६प८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरो जलाई ६ किलो ४५० ग्राम र मधेस प्रदेश ०३(०३८ प१२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका(१८ लाहुरे चोकबाट नियन्त्रित लागू औषध ट्रामाडोल २२० ट्याब्लेट सहित सोही महानगरपालिका(२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

बुधबार २७ फागुन २०८२ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया