काठमाडौं । सुनसरीको कोशी गाउँपालिका(८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया