images

शारीरिक सुगठन टोली आज भुटान जादैँ

काठमाडौं । भुटानमा हुने १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भुटान जाने भएका छन् ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।  आज (जेठ २८)देखि असार १ गतेसम्म प्रतियोगिता भुटानको थिम्पुमा हुदैँछ । खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् । अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् । 
 

बुधबार २९ जेठ २०८२ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया