images

लागू औषधसहित ४ जना पक्राउ

काठमाडौं । लागू औषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका(२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

ललितपुरको गोदावरी नगरपालिका(५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन् ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आइतबार​ २९ चैत २०८२ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया