ओसाका, जापान । क्योतो नेपाली कम्युनिटीको आयोजनामा जापानको क्योतोमा दोस्रो नेपाली तिज फेष्टिवल आयोजना हुदै छ । ''नेपाली कला संस्कृतिलाई हामीले माया नगरे कसले गर्ने'' भन्ने उद्देश्यका साथ यहि अगस्ट २२ तारिक शुक्रबार क्योतोको एजुकेशनल एण्ड कल्चरल हलमा आयोजना हुन लागेको क्योतो नेपाली कम्युनीटीका नरेश ओलीले जानकारी दिनु भयो ।
नेपालका चर्चित कलाकारहरु ज्योति मगर, खुमन अधिकारी तथा जापनमा रहेका लोकप्रिय कलाकार काजल गुरुङ, कुलविर थापा, केशब शर्मा एवं क्योतोमा रहेका कलाकारको सांगीतिक धमाकेदार प्रस्तुति रहनेछ ।
आयोजकहरूले सम्पूर्ण कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई नेपालीपन झल्किने यस तीज सांस्कृतिक कार्यक्रममा विदा मिलाएर उपस्थित भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन्। विशेष रूपमा, कार्यक्रममा सहभागीहरूका लागि दर को पनि व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ।
प्रतिक्रिया