images

एनआरएनए जापानको सचिव पदमा विनय गुरुङको उम्मेदवारी घोषणा 

ओसाका, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७०) का लागि सचिव ९खुल्ला० पदमा उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ अहिले एनआरएनए जापानका केन्द्रीय सदस्य हुन्हुन्छ, साथै,  ‘तमू धीं जापान’का महासचिव, आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका पूर्व सचिव समेत रहिसक्नु भएका गुरुङ सामाजिक कार्यहरुमा निकै अघी सरेर काम गर्नू रुचाउनु हुन्छ ।

“अबको एनआरएनएमा युवाको सहभागिता, पारदर्शिता र शुद्धतामा मेरो प्रतिबद्धता  “ भन्ने मूल नारा सहित यस पटक खुल्ला सचिव पदमा उम्मेदवारी दिने योजना रहेको बताउनु भयो । 
‘नेपाली घर हाम्रो साझा सपना हो,’  ‘यसलाई सफलतापूर्वक सम्पन्न गर्न व्यक्तिगत रूपमा पनि जिम्मेवारी लिन्छु।’ सबैले सहयोग गरिदिन पनि आग्रह गर्नू भएको छ । गुरुङले अघिल्लो निर्वाचनमा सबै भन्दा धरै मत ल्याएको पनि बताउनु भयो । 

मङ्गलबार ३१ असार २०८२ ०६:२१ PM मा प्रकाशित

प्रतिक्रिया