images

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्रीले जवाफदिने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक संघीय संसद् भवननयाँबानेश्वरमा बस्नेछ । बैठकमा उपप्रधानमन्त्रीएवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिकप्रश्नको उत्तर दिने सम्भावितकार्यसूची छ। त्यस्ते, बैठकमा राष्ट्रियसभाअध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयबाट प्राप्तमन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धीपत्रको व्यहोरा जानकारी गराउनेछन् । बैठकमा विकास, आर्थिक मामिलातथा सुशासन समितिका सभापतिकमलापन्तले ‘विकास आर्थिक मामिलातथा सुशासन समितिको आव २०८०र८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०र८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नेछन् । यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहितप्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्षजानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
 

आइतबार​ ३० भदौ २०८१ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया