images

आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

जनकपुर । जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चारवटा मोटरसाइकल, सिसिटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।
 

मङ्गलबार ३१ भदौ २०८२ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया