जापानिज एनपीओका अध्यक्ष, १६ औं काठमाडौं म्याराथनमा सहभागी हुने

ओसाका, जापान ।  काठमाडौंमा हुने १६ औं काठमाडौं म्याराथनमा जापानिज एनपीओ निप्पोन एसिया बेसबल फ्रेन्ड्स क्लब लालीगुराँसका अध्यक्ष कोबायासी योहेईले आमन्त्रित विदेशी धावकका रुपमा सहभागीता जनाउनु हुने भएको छ । भदौ २८ गते हुने १६ औं काठमाडौं म्याराथनमा सहभागिता जनाउन लाग्नु भएको बताएको छ  ।  लालिगुरास एक जापानी गैरलाभकारी संस्था हो यसले बेसबल मार्फत नेपाल र जापानबीच अन्तर्राष्ट्रिय सम्बन्ध जोडन मद्दत गरिरहेको छ।

लालीगुराँसले नेपाल बेसबल तथा सफ्टबल संघ NBSAअध्यक्ष दीपक न्यौपाने सँग सहकार्य गरी नेपालमा बेसबलको विकास र नेपाल र जापानबीचको मित्रतालाई प्रवर्द्धन गर्न काम काम गरिरहेको बताइएको छ। अध्यक्ष दीपक न्यौपाने, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक तथा भक्तपुर बेसबल क्लबका प्रतिनिधि रोशन थापालगायत अन्य नेपालीहरुले यस खेलको प्रवर्द्धन तथा विकासका लागि काम गरिरहेको बताइएको छ   ।

लालीगुराँसले सन् १९९९ सेप्टेम्बरमा पोखराबाट आफ्नो गतिविधि सुरु गरि २५ औं वार्षिकोत्सव मनाइ सकेको छ  । वार्षिकोत्सवको उपलक्ष्यमा लालीगुराँसले नेपाल र जापानबीचको मित्रतालाई थप प्रगाढ बनाउन अध्यक्ष कोबायासी योहेईले काठमाडौं म्याराथनमा सहभागी हुने बताउनु भयो । यस पटकको म्याराथनमा भाग लिएका कोबायाशीले  ओसाका योदोगावा काम गर्छन भने साथै लालीगुराँसका गतिविधिमा पनि भाग लिन्छन। कोबायाशी सहित लालीगुराँसका सबै  स्वयंसेवक हुन्। कोबायासी सुरुदेखि नै गतिविधिमा संलग्न छन् र नेपाल र जापानका साथीहरूसँग काम गर्दै २५ वर्षदेखि नेपालमा बेसबलको विकासमा योगदान गर्दै आएका छन्।

एसियाको बेसबल महासंघद्वारा आयोजित पश्चिम एशिया बेसबल प्रतियोगितामा, उनी नेपाली राष्ट्रिय टोलीको प्रबन्धक पनि भए र प्रतियोगिताको उत्कृष्ट व्यवस्थापकको अवार्ड जित्नुभयो। सन् २०१७ मा भएको प्रतियोगितामा प्रशिक्षकका रूपमा सहभागी भई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो जित दिलाउन योगदान पुर्याएका थिए । कोबायाशीले यो फेब्रुअरीमा ओसाकामा आयोजित ओसाका म्याराथनमा पनि भाग भाग लिनुभएको थियो । जसमा ३० हजारभन्दा बढी धावकहरूले भाग लिएका थिए र उनले आफ्नो पहिलो पूर्ण म्याराथन पूरा गर्नू भएको थियो । संयोगवश, २०२४ मा र २०२५ मा ओसाका म्याराथनका लागि लालीगुराँसलाई परोपकारी दाता संस्थाको रूपमा चयन गरिएको थियो।