जापानमा मृत्यु भएका दोलखाका चिमोरीयाको परिवारलाई १७ लाख ४७ हजार सहयोग हस्ताणतरण

ओसाका, जापान । जापानको फुकुओकामा हृदयघात भई मृत्यु भएका दोलखाका गौरिशंकर गाउँपालिका २ का २२ वर्षिय बिवेक चिमरियाको परिवारलाई दोलखा जापान समाजले आर्थिक सहयोग गरेको छ । दोलखा समाज जापानले संकलन गरेको सहयोग रकम मृतका परिवारलाई आज हस्ताणतरण गरिएको हो । दोलखा जापान समाजले संकलन गरेको १३ लाख २१ हजार रुपैयाँ सहयोग रकम आज प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले परिवारलाई हस्ताणतरण गर्नू भएको हो । जापानमा संकलित १३ लाख २१ हजार र अन्य विभिन्न क्षेत्रमा संकलीत ४ लाख २६ हजार गरी १७ लाख ४७ हजार हस्ताणतरण गरिएको दोलखा समाज जापानका महासचिव नारायण खड्काले जानकारी दिनु भयो ।

दोलखा जिल्ला गौरिशंकर गाउँपालीका वडा नं २ जुगू स्थाई घर भएका बिवेक चिमरिया अध्यनको लागि २ महिना अघि मात्र जापान पुगेका थिए । चिमोरीया कोठामा सुतेकै ठाउँमा निधन भएको थियो । केहि महिना अघिमात्र जापन पुगेको र पारार्थिव शरिर अनत्यष्टि र परिवारलाई आर्थिक सहयोग होस भन्ने उदेश्यले दोलखा समाज जापानले आर्थिक सहयोग अभियान संचालन गरेको समाजका अध्यक्ष रोशन थापाले बताउनु भयो संकलित रकम  १५,५७,०५१ जापानी यन जम्मा भएको र नेपाली दररेट अनुसार १३,२१,००० नेपाली रूपैया प्रमुख जिल्ला अधिकारी मार्फत परिवारलाई हस्ताणतरण गरिएको केन्द्रीय अध्यक्ष थापाले जानकारी दिनु भयो ।

परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण सबै संघ संस्था संग दोलखा समाज जापान ले सहयोग को आहवान गरि जम्मा भएको रकम र कोरिया, अस्टेलिया अमेरिका लगायत अन्य देश बाट पनि सहयोग रकम संकलन भएको छ । विभिन्न देशमा रहनुहुने भवानी पाण्डे, रामचन्द्र पाण्डे, शंकर पाण्डे, दिपक दाहाल लगायत को सक्रियतामा जम्मा भयको रु ४,२६,००० समेत प्रमुख जिल्ला अधिकारीले आजै परिवारलाई हस्ताणतरण गर्नु भएको छ । जापान समाज र विभिन्न ठाउँवाट संकलन गरिएको गरी जम्मा १७ लाख ४७ हजार रुपैयाँ मृतका वुवालाई प्रमुख जिल्ला अधिकारीले हस्ताणतरण गर्नुभएको हो ।

संकलित सहयोग रकम हस्ताणतरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले परिवराजनमा समवेदना प्रकट गर्नुहुँदै सहयोग रकमले मृतकका परिवारलाई केहि राहत हुने बताउनुहुँदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।