images

आईएसले लियो मस्कोमा भएको आतंकवादीहमलाको जिम्मेवारी

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमाभएको आतंकवादीहमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार रातिभएको आतंकवादीहमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । आईएसले आफ्नो टेलिग्रामच्यानलमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकुहरूले रुसी राजधानी मस्कोको बाहिरी भागमा रहेको क्रोकस कन्सर्ट हलमाहमला गरेका थिए।’आईएसको विज्ञप्तिमा आक्रमणकारीहरू सुरक्षित रूपमाआफ्नो अड्डाहरूमाफर्किएको पनिभनिएको छ । रुसमा पछिल्लो दुई दशकमाभएको सबैभन्दा ठूलो आतंकवादीहमलामानिएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘ठूलो त्रासदी’भनेका छन् । रुसको शीर्ष अनुसन्धान एजेन्सीले गोलीबारी र विस्फोटको घटनालाई आतंकवादीहमलाका रूपमा अनुसन्धान गरिरहेको छ । रुसको शीर्ष घरेलु सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्भिसले गोलीबारीमा एक जनाको मृत्यु भएको र केहीअन्य घाइते भएको बताएपनि मृतकवा घाइतेको संख्याभने दिएको छैन । रुसी सञ्चारमाध्यमकाअनुसार गोलीबारी रुसी राजधानीको पश्चिमीभागमा रहेको क्रोकस सिटी हलमाभएको हो । धेरै अन्यरूसी मिडिया आउटलेटहरूले गोलीबारीको रिपोर्ट गरे र गोलीबारीले साइटको एक मलमाआगलागीभएको बताए। सामाजिक सञ्जालमापोष्ट गरिएका भिडियोहरूमाभवनको माथिबाट कालो धुवाँको ठूलो मुस्लो उठेको देखाइएको छ । प्रख्यात रुसी रक ब्याण्ड ‘पिकनिक’ को कन्सर्टमा सहभागीहुनक्रोकस सिटी हलमामानिसहरूको भीड जम्माभएको बेला आक्रमण भएको हो । यो हलमा ६ हजारभन्दा बढी मानिस अट्न सक्छन् ।
 

शनिबार १० चैत २०८० ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया