images

न्यूयोर्कसहित अमेरिकाको आपतकाल घोषणा र जनजीवन प्रभावित

न्यूयोर्क । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।न्यूयोर्कको सेन्ट्रल पार्क, म्यानहटनलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तापक्रम शून्यभन्दा तल करिब माइनस १० डिग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डिग्रीसम्म पुगेको छ ।आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ । न्यूयोर्क, न्यू जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ । सडकमा हिउँ पगाल्न

सोमबार १२ माघ २०८२ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया