images

भीमेश्वर–५ मा "वडा अध्यक्ष कप" छात्र फुटबल प्रतियोगिता आयोजना हुँदै

दोलखा । भीमेश्वर नगरपालिका–५ वडा कार्यालयको आयोजनामा तेस्रो जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता–२०८२(वडा अध्यक्ष कप) आयोजना हुने भएको छ। वडा अध्यक्ष कपको रूपमा सञ्चालन हुने उक्त प्रतियोगिता आउँदो पौष ३० गतेदेखि सुरु हुने जानाएको छ।

स्थानीय तहमा खेलकुदमार्फत विद्यार्थीको शारीरिक तथा मानसिक विकास गर्दै प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिए । 

वडा अध्यक्ष कप प्रतियोगिता भीमेश्वर ५ बुढामिसेन खेलमैदानमा सञ्चालन हुने बताईको छ । प्रतियोगितामा १८ वर्ष ननाघेका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको र सहभागी विद्यालयहरूले विद्यार्थीको इएमआएस दर्ता नम्बर अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयका लागि टिम दर्ता शुल्क ३,००० रुपैयाँ तोकिएको छ भने दर्ता गर्ने अन्तिम समय पौष २५ गते बेलुका ५ बजेसम्म रहेको  खेल संयोजक रबि बस्नेतले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले नगद ४५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद २–२ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने  र प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई समेत ट्रफी प्रदान गरिने खेल संयोजक बस्नेतले बताए ।  

प्रतियोगितालाई भिजन युथ क्लब, भीमेश्वर–५, माटी तथा बुढामिसेन सिर्जनशील युवा क्लब, भीमेश्वर–५, धरमघर ले सह–व्यवस्थापनमा संचालन हुने बताईएको छ । 

शुक्रबार​ ११ पुस २०८२ १०:०८ AM मा प्रकाशित

प्रतिक्रिया