images

पाँचौं बेनी एफसी फुटसल टुर्नामेन्ट हुदैं

ओसाका, जापान । "स्वास्थ्यका लागि खेलकुद" भन्ने मुल नाराकासाथ विगत चार वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा संचालन गर्दै आइरहेको बेनी एफसी फुटसल टुर्नामेन्ट यस वर्ष पनि हुने भएको छ ।

यस वर्ष संचालन हुने पाँचौं बेनी एफसी फुटसल टुर्नामेन्ट प्रतियोगीता जुन १९ तारीकका दिन ओसाकामा हुने भएको हो । प्रथम पुरस्कार चार लाख ६६ हजार ६ सय ६६ जापानीयन रहेको छ भने उपविजेताले २ लाख तेइस हजार तीन सय ३३ जापानीयन तथा बेस्ट प्लेयर, बेस्ट किपर, हाइस्कोरर लगाएतलाई  ५ हजार जापानी यन र फेयर प्लेटीमलाई १० हजार जापानी यन र आकर्षक पुरस्कार रहेको बेनी एफसीका म्यानेजर मनोज बाँनियाले जानकारी दिनु भयो ।

खेलमा यस पटक पनि जापान स्थित करिब २५ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने बाँनियाले बताउनु भयो । खेल संचालनको लागि टाईसिट छिटै सार्वजनिक गरिने बताउनु भयो । 

बिहीबार १६ जेठ २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया