images

दोलखा समाज जापानले बार्बिक्यू कार्यक्रम आयोजना गर्दै

ओसाका, जापान । दोलखा समाज जापान केन्द्रिय कार्यसमितिले बार्बिक्यू कार्यक्रमको आयोजना गर्ने भएको छ । जुनको २२ तारिकमा टोकियोको कासाई रिन्काई पार्कमा आयोजना हुने उक्त कार्यक्रममा जापानमा रहेका सम्प्रर्ण दोलखाबासी तथा अन्य नेपालीहरुको सहभागितामा भव्य रुपमा आयोजान हुन लागेको समाजका अध्यक्ष संजिव पोखरेलले जानकारी दिनु भयो । 

कार्यक्रममा जापानमा रहेरका क्रियाशिल विभिन्न संघसंस्था, बुद्धिजिवी, समाजसेवी, महिला, बिधार्थी, पत्रकार लगाएत समस्त नेपालीहरुमा भाइचारा, आत्मियता, सामाजिक सद्भाव तथा एकता कायम गर्ने उदेश्यका साथ पारीवारीक वाताबरणमा खुल्ला बार्बिक्यू कार्यक्रमको आयोजना गरिएको हुँदा उपस्थितीको लागि अध्यक्ष पोखरेलले अनुरोध समेत गरिएको बताउनु भयो ।


यस वर्ष पनी दोलखा समाज जापानको आयोजनामा साथीभाइको साथमा परदेशमा पनि आफ्नोपनको महसुस गर्न, एकता र सहयोगको भावना सहीत वर्ष भरीको थकान मेटाउने नयाँ साथीभाइ भेट्ने, चिनजान बढाउने एवं सुख–दुःखका पलहरू साटासाट गर्ने एक अनुपम अवसर रहेको समाजका बरिष्ठ उपाध्यक्ष महेन राउतले बताउनु भयो । 


जापानमा निकै क्रियाशिल रहेर सामाजिक कार्यमा अग्रसर रहेको दोलखा समाज जापानले विभिन्न कार्यहरु मार्फत जापानमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आई रहेको छ । 

बिहीबार १६ जेठ २०८२ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया