images

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार स् सांसद श्रेष्ठ

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् । उनले भने,‘के हामीसँग यति धेरै जेल छन् रुजहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् रु सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदैछ । नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँउन्मुक्तरु के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियाररु कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’त्यस्तै उनले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको पनि धारणा राखे ।  
 

सोमबार २८ माघ २०८१ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया