images

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज (बुधबार) चार संसदीयसमितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमाभन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । यस्तै, कानून, न्यायतथामानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठमा सुदूरपश्चिम,मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । जसअन्र्तगतसंघीय संसदले बनाएको ऐन÷कानून कार्यान्वयनका चुनौतीका विषयमा कैलालीजिल्लाको धनगढीमा गरिएको अन्तर क्रियाकार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन÷कानून कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रियाकार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन÷कानूनकार्यान्वयनकाचुनौतीकाविषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रियाकार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ । यसैगरी आजविकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । विहानसाढे ११ मा बस्ने बैठकमा“नेपालमादिगो विकास लक्ष्यकार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कनप्रतिवेदन, २०८०’’ को सार्वजनिकी करण र छलफल हुदैछ । आजै विकास,आर्थिक मामिलातथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगानेत्रविश्वविद्यालयविधेयक, २०८१ माथिदफावार छलफल हुदैछ । बैठक दिनको १ बजे बस्दैछ । 
 

बुधबार २ माघ २०८१ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया