गल्कोट समाज, कान्साइले सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गर्दै


ओसाका, जापान । शुभ दीपावली २०८१ तथा छठ पर्वको अवसर पारेर गल्कोट समाज जापान कान्साईले यही अक्टोबर ३० तारिक बुधबार सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । कान्साईमा रहेका नेपाली समुदायलाई समेट्दै, कला संस्कृति र सभ्यतालाई प्रबर्द्धन तथा स्थापित गर्ने उद्देश्यका साथ आत्मियता, भाइचारा, कायम गर्दै शुभकामना आदानप्रदान तथा देउसी भैलो लगाएत  विविध कार्यक्रम मौलिक शैलिमा आयोजना गर्न लागिएको  गल्कोट समाज जापान कान्साईका अध्यक्ष नरबहादुर थापाले अर्थ सम्बादलाई जानकारी दिनु भयो ।


 “हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्‍याउने उदेश्यले सन् २००६ मा स्थापना भएको समाज हो । 

कार्यक्रममा कान्साईमा क्रियाशिल विभिन्न संघसंस्था, बुद्धिजिवी, समाजसेवी, महिला, विधार्थी, पत्रकार लगाएत समस्त नेपालीहरुमा भाइचारा, आत्मियता,सामाजिक सद्भाव तथा एकता कायम गर्ने उदेश्यका सामुहिक देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएकोले उपस्थितीको लागि अध्यक्ष थापाले अनुरोध समेत गरिएको बताउनु भयो । कार्यक्रम ओसाकाको साकाईसुजी गरिने अध्यक्ष थापाले जानकारी दिनु भयो ।

कार्यक्रम हुने स्थान- 1-Chome-2-27 Kyutaromachi, Chuo Ward, Osaka, 541-0056