images

संचय कोषले माग्यो ३० जना कर्मचारी

काठमाडौं । कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।
 

शनिबार १२ फागुन २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया