मंसिर २०, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेस—२०८२ को पुरुष खुल्ला १० किलोमिटर तर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलोे भएका छन् । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् । पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश ः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । महिला खुल्ला १० किलोमिटर तर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएका छन् । पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश ः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कर्पोरेट तर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कर्पोरेट तर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधा तर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् । भेट्रान्स तर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्स तर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भइन ।
यस विधा तर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् । विद्यार्थी (छात्र) तर्फ ५ किलोमिटरमा हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमश ः पहिलो, दोस्रो र तेस्रो भए । छात्रा तर्फ ५ किलोमिटरमा भगवती खड्का, शर्मिल वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसविधा तर्फका विजेता छात्र र छात्राले पनि क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् । १० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुन ः महासंघ सचिवालय फर्केर टुङ्गिएको थियो । ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भएको थियो । यसअघि महासंघ सचिवालयमा एफक्यान रोड रोस—२०८२ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले गर्नु भएको थियो । विजयी खेलाडीहरूलाई सचिव शर्मा सहित, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहित महासंघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रतियोगिताका संयोजक समेत रहनु भएका महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एफक्यान रोड रोस—२०८२ मा जापान, चीन र इटलीका खेलाडीहरूको समेत गरी कुल ४ सय ७१ जनाको सहभागिता रहेको थियो । हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रोस—२०८२ मा एभरेष्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेष्ट इन्स्युरेन्स कम्पनी इन्युरेन्स पार्टनर रहेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २२ गते विहान प्रभातफेरि तथा महासंघ सचिवालयमा रक्तदान कार्यक्रम सहित अन्य विविध सामाजिक कार्यक्रम समेत आयोजना गर्दैछ ।
प्रतिक्रिया