images

क्यानाडामा प्राज्ञिक सम्मेलन ः नेपालको सम्भावना र समस्याबारे बहस

अटवा । क्यानाडाको अटवामा दुइदिने प्राज्ञिक सम्मेलन सम्पन्नभएको छ। अटवाको नेपाली समुदायतथा अटवा विश्वविद्यालयको नेपालीविद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवाविश्वविद्यालयमाआयोजितदुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जनाभन्दा बढी अध्येताहरूको सहभागिताथियो । सम्मेलनमा न्यु ब्रन्जविकविश्वविद्यालयका सेवानिवृत्त प्राध्यापकबासु शर्माले फरक फरक संस्कृतिहरुकाबीचवार्ता (नेगोसियसन) गर्दा आइपर्ने कठिनाइ तथातिनलाई समाधान गर्ने तरिकाबारे रोचक प्रस्तुति गरेका थिए। त्यस्तै संयुक्त राष्ट्र संघमा काम गरिसकेका अध्येता रमेश श्रेष्ठले अनुसन्धानकर्ताहरुले गएको झन्डै ५० वर्षदेखि जलवायु परिवर्तन, प्रदूषण, खाद्य संकट तथावातावरणीय संकटका बारेमा सजग गराउँदै आएको भएतापनिती समस्या समाधान गर्नेतर्फ विश्व नेताहरुले प्रभावकारी कदमनचालेको गुनासो गरे । न्याचुरल रेसोर्सेज क्यानाडामा कार्यरत डा.अजय बिस्टले जलवायु परिवर्तनको समस्यासंग जुध्न स्थानीयनगरपालिकाहरुले नेतृत्वलिनुपर्ने बताए। इन्सटिच्युट फर नेपाल्स प्रस्परिटीसंग आबद्ध अर्थशास्त्री रामआचार्यले विप्रेषण (रेमिटान्स)ले नेपालको अर्थतन्त्रधानेको भएतापनि बढ्दो व्यापार घाटाले नेपाली अर्थतन्त्रको संकटलाई उजागर गरेको बताए। विप्रेषणले मुलुकलाई अरु बढी कमजोर र संरचनात्मक  रुपमाकमजोर बनाएको बताउंदै आचार्यले नेपालीयुवाहरुमा बढ्दै गएको जसरी पनिमुलुक छाड्ने भन्ने धारणाले देश भित्रउद्यमशीलता, नव परिवर्तन तथाआशामार्दै गएको जनाए। उनले सन् २०१५ सम्म नेपालको विप्रेषणले कूलआयातधानी रहेको भएतापनि सन् २०१५ पछि भने ऋण खोजेर आयात गर्नु पर्ने स्थितिमा मुलुकपुगेओ बताए।  उनले यो समस्या समाधान गर्न नयाँजाँगर र सोचका साथ अगाडी बढ्न सुझावदिए। सम्मेलनमा स्टाटिस्टिक्स क्यानाडामा कार्यरत डा।रचना देवकोटाले नेपालका पहाडी भूभागमा खेतिपातीमायन्त्रको प्रयोग, अंटेरियोस्थित सेन्ट माइकल अस्पतालमा कार्यरत वरिष्ठ नर्स राधिकाअर्यालले क्यानाडामा गाँजाप्रयोग सम्बन्धीनिर्देशिका र क्यानाडाको स्वास्थ्यविभागमाकार्यरत डा.गोविन्ददाहालले नेपालको स्वास्थ्यका सामाजिक सूचकहरु बारे प्रस्तुतिदिएकाथिए। त्यस्तै अटवा विश्वविद्यालयमापत्रकारिताविषयकाप्राध्यापक डा.भानुभक्तआचार्यले क्यानाडाका अधिकांशविश्वविद्यालयहरुमा ‘च्याट जीपीटी’जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)माआधारित कृत्रिम सहायकको प्रयोगमा रोक लगाइएको तर ‘एडिट जीपीटी’ जस्ता च्याटबोटहरु प्रयोग गर्न दिइएको बताए।  पत्रकार भगीरथ योगीले प्रवासमा संचालित नेपालीअनलाइनपोर्टलहरुको व्यवसायिकतातथादीगोपनाएवं पत्रकार जयरामगौतमले क्यानाडास्थित नेपाली समुदायलाई सुसूचित गर्न अनलाइनपत्रिका ‘नेपाल टच’ पत्रिकाको भूमिकाबारे प्रस्तुति गरेका थिए। समापन समारोहलाई सम्बोधनगर्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराजपौड्यालले क्यानाडा नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताए। राजदूतपौड्यालले  नेपालतथा क्यानाडाबीच मैत्रीपूर्ण, विश्वासमाआधारित र कुनै पनिदुइमुलुकबीचहुन सक्ने सर्वोत्तमद्विपक्षीय सम्बन्ध रहेको जनाए ।  राजदूतपौड्यालले नेपालको संविधानमाउल्लेखित गैर आवासीय नेपालीनागरिकताकार्यान्वयनमा ई सकेको र नेपाल सरकारले नेपालनागरिकता ऐन र नियमावलीहरुलाई संशोधन गरेको बताए ।  ‘संविधानमाउल्लेख भएअनुसारका  गैर आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक  र आर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।
 

मङ्गलबार २९ साउन २०८१ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया